बाटोमा पैसा फाल्दै हिँड्ने जनकपुरका दुई महिलामा काेराेना नभएकाे पुष्टि
७ वैशाख, जनकपुरधाम । जनकपुरको महावीर चोकमा पैसा थुकेर फाल्दै हिँड्ने दुई महिलाको कोरोनाको पिसिआर परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ती महिलाको परीक्षण गरिएको हो । उनीहरुको आरडिटी परीक्षण रिपोर्ट भने पोजेटिभ आएको थियो ।

कोरोना भाइरस संक्रमणको त्रासमा बाटोबाटोमा पैसा फालेर फरार भएका ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर शनिबार प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षणका लागि पठाएको थियो। नाताले नन्द भाउनू पर्ने ती महिलामा शनिबार आरडिटी परीक्षण पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट भने नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ।
प्रकाशित मिति : April 19, 2020 at 1:33 pm





