२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

अनेरास्ववियूले कीर्तिपुरका ५ सय विद्यार्थीलाई बाँड्यो राहत, कसैले भोकै बस्नु पर्दैनः संयोजक महर

७ वैशाख, काठमाडाैँ । अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकका विभिन्न क्यामपसमा अध्ययनका लागि काठमाडौंको किर्तिपुरमा बसोबास गर्ने ५ सय विद्यार्थीलाई राहत सामाग्री वितरण गरेको छ । शनिबार अनेरास्ववियु केन्द्रीय कमिटीका संयोजक ऐन महरको समन्वय र उपस्थितिमा लकगाउनका कारण समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य तथा आर.आर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले जानकारी दिए ।

अनेरास्ववियूले पाँच सय विद्यार्थी प्रत्येकालाइ १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल दिएको अनेरास्ववियूका केन्द्रीय सदस्य मदन विष्टले जानकारी दिए । राहत पाएपछि विद्यार्थीहरू भने खुशी भएका छन । उनीहरूले अफ्ठेरो अवस्थामा पनि विभिन्न संस्थासँग समन्वय गरेर अनेरास्ववियूले राहत दिएको भन्दै खुशी प्रकट गरेका छन ।

राहत वितरण गर्दै अनेरास्ववीयूको संयोजक महरले लकडाउनले गर्दा उपत्यका लगायत देशभरका सहरमा रहेका कुनै पनि विद्यार्थीलाई भोकै नराख्ने प्रतिबद्धता समेत जनाए । संयोजक महरले अहिलेको विषम परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि अपिल गरे। उनले भने ‘यो विषम परिस्थितिमा अनेरास्ववियु विद्यार्थीको साथमा छ नआतिनुहोस् समस्या भएमा स्थानीय निकाय वा हामीलाई सम्झनुहोस’–उनले भने–‘अनेरास्ववियुले देशका विभिन्न सहरहरुमा समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिरहेको छ । साथै मजदुर, विपन्न, विद्यार्थी लगायत सबैलाई एकरुपताका साथ राहत वितरण हुनुपर्ने माग राख्दै आएको छ ।’

प्रकाशित मिति : April 19, 2020 at 8:48 am