२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

डा शेरबहादुर पुनका नाममा रूवाबासी किन ? तथ्य नबुझी मिडियाको दुरूपयोग भयोः मन्त्रालय

६ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा करारमा कार्यरत डा शेरबहादुर पुनलाई कारबाही भन्दै शनिबार दिँउसभर केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा ठूलै रूवाबासी चल्यो । रूवाबासीको कारण विस्तारै खुल्दै त जाला तर स्वास्थ्य मन्त्रालयले भ्रमपूर्ण सूचनासहित मिडियाको दुरूपयोग नगर्न अनुरोध गरेको छ ।

शनिबार साँझ सन्त्रालयले फेसबुक पेजमा सूचन राख्दै भनेको छ ‘ यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ l’ कोभिड-१९ को सन्दर्भमा मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको शिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराईरहेको जनाएको छ ।

सूचनामा भनिएको छ ‘यसै शिलसिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेर बहादुर पुनलाई मन्त्रालयमा बोलाइएकोमा केहि पत्र-पत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ l कोभिड-१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको छ l’

मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले भने ‘स्पष्टिकरण सोध्यो र कारबाही गर्यो भनेर विभिन्न सञ्चार माध्यमले समाचार लेखेको पाइयो तर स्वास्थ्य मन्त्रालयले पुनलाइ फोन मार्फत पटक पटक मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरिएकोमा सम्पर्कमा नआएपछि सम्पर्कमा आउन पत्र पत्र काटेको हो ।’

पुनले मन्त्रालयको प्रशासनले बोलउँदा नजाने तर मन्त्रालय र मन्त्रीको विरूद्धमा सामाचार लेखाउँदै हिडेँ । किन पुनले यसो गरेर मिडियालेहरूले एकोहोरो भ्रमको खेती गरेर भनेर हामीले पुनसँग कुरा गर्न खोज्याैँ तर सात पटक भन्दा बढी प्रयास गर्दा पनि उनीसँग कुरा हुन सकेन । यद्यपी पुनले झुट बाँडेर सञ्चार माध्यमलाइ किन रूवाबासीमा सहभागी गराएका छन भन्ने खोजीको विषय बनेको छ ।

प्रकाशित मिति : April 18, 2020 at 9:48 pm