जनकपुरमा बाटोमा पैसा फाल्ने २ जना महिला पक्राउ
६ वैशाख, जनकपुर । जनकपुरको सडकमा पैसा फाल्ने २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। ती महिलालाई प्रहरीले शनिबार जनकपुरको धाम उपमहानगरपालिका– ७ जानकी नगरबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका दुवै महिलाको परिचय भने खुलाएको छैन। ती दुवै महिलाले शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीरचौकमा १० रुपैयाँको नोट फालेर फरार भएका थिए।
कोरोना फैलाउन पैसा फालेको भन्दै स्थानीयहरुमा त्रास फैलिएकाे थियो। प्रहरीले ती नोटहरु जम्मा गरेर अनुसन्धानको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो भने ती दुबै महिलाको तस्बिर सीसीटीभी फुटेजबाट सार्वजनिक गरी खोजी कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरेको थियो।
प्रकाशित मिति : April 18, 2020 at 3:50 pm





