२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रसिद्धिको आरोग्यताको कामना गर्दै प्रधानमन्त्रीको ट्वीटः उपचारमा संलग्न सबैमा बधाई तथा धन्यवाद

६ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले कोरोना जितेर फर्कुन भएको प्रसिद्धि श्रेष्ठको आरोग्यताको कामना गर्नु भएको छ । शनिबार प्रसिद्धि टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भए लगत्तै प्रधानमन्त्रीले ट्वीट मार्फत प्रसिद्धिको आरोग्यताको कामना गर्नु भएको हो । उहाँले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद पनि दिनु भएको छ ।

उहाँले उल्लेख यस्तो उल्लेख गर्नुभएको छः कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।प्रसिद्धि २७ दिनपछि डिस्चार्ज भएर अाजै घर फर्किएकी छिन ।

प्रकाशित मिति : April 18, 2020 at 3:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/