दृढ आत्मबलसहित काेराेना जितेर २७ दिनपछि टेकु अस्पतालबाट घर फर्किइन प्रसिद्धि
६ वैशाख, काठमाडाैँ । काेराेना भाइरस संक्रमित प्रसिद्धि श्रेष्ठ २७ दिनपछि काेराेना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी चैत ४ गते फ्रान्सबाट नेपाल फर्किएकी थिइन् । काेराेना पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा उपचार गराइरहेकी १९ वर्षीया श्रेष्ठ शनिबार विहान डिस्चार्ज भएकी हुन् ।

प्रकाशित मिति : April 18, 2020 at 1:34 pm




