आरडिटी पाेजेटिभ देखिएका धादिङका दुई युवाकाे पिसिआर रिपाेर्ट नेगेटिभ
५ वैशाख, धादिङ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) ले कोरोना भाइरस पोजिटिभ देखिएका धादिङका दुई युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङका अमित परियार र ज्वालामुखी गाउँपालिका ३ अमराईका दीपक सापकोटाको आरडीटी परिक्षणकाे रिपोर्ट पोजेटिभ भेटिएको थियो।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा दुवै जनाको स्वाब परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएको हाे । सापकोटा गत फागुन २० गते दक्षिण कोरियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए भने परियार चैत ५ गते भारतबाट आएर घरमा बसिरहेका थिए। परियारलाई ज्वरो आएर टाइफाइड भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
प्रकाशित मिति : April 17, 2020 at 4:07 pm





