मध्यरातमा भूकम्पको धक्का, सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा केन्द्रविन्दु
४ वैशाख, काठमाडाैँ । मध्यरातमा भूकम्पको धक्का महशुष भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले मध्यरातमा ४.७ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए । भूकम्पको केन्द्रविन्दु प्रदेश नम्बर १ को सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिकामा रहेको छ । स्थानीय समय अनुसार भूकम्प मध्यरातको १२ बजेर ५५ मिनेट जाँदा गएको हो । भूकम्पको धक्का काठमाडाैँसम्म नै महशुष गरिएको छ ।

प्रकाशित मिति : April 16, 2020 at 2:19 am





