राप्रपाका प्रदेश सांसदले दिए १५ दिनको तलब प्रदेश कोरोना कोषलाई दिने
३ वैशाख, काठमाडाैँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसदहरूले १५ दिनको तलब दिने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमति प्रदेशमा रिता माझी, रिना गुरुङ्ग, प्रदेश १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाही रहेका छन् । आ-आफ्नो प्रदेश अन्तर्गत खुलेको कोरोना कोषमा रकम जम्मा गर्ने राप्रपा केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
प्रकाशित मिति : April 15, 2020 at 6:03 pm





