सनसिटी अपार्टमेन्टका काेराेना संक्रमित परिवारकी ५२ वर्षिया महिलाकाे रिपोर्ट नेगेटिभ
३ वैशाख, काठमाडौँ । सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड टेष्टमा तीनै जनाकाे रिपाेर्ट पोजेटिभ आएकाे थियाे ।

८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
देवकोटाका अनुसार सनसिटीमा बसोबास गर्ने २९८ जनाको बुधबार नै र्यापिड टेष्ट गरिएको छ । उनीहरु सबैको नजिता नेगेटिभ आएको छ । संक्रमित परिवारमा काम गर्नेहरुको भो पीसीआर विधिबाट पनि परीक्षण गरिने पनि देवकोटाले जानकारी दिए ।
प्रकाशित मिति : April 15, 2020 at 5:18 pm





