२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

चितवनको रत्ननगरमा ४७ वर्षका पुरुषकाे आरडिटी परिक्षण रिपाेर्ट पोजेटिभ

३ वैशाख, चितवन । र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा चितवनमा एकजनालाई कोरोना पोजेटिभ देखिएको छ। बुधबार चितवनको पूर्वी रत्‍ननगर नगरपालिकास्थित गुञ्‍जमान सिंह अस्पतालमा गरिएको र्‍यापिड टेस्टबाट रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

र्‍यापिड टेस्टबाट पोजेटिभ देखापछि ती पुरुषलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरोना देखिएका ती पुरुष फागुन ३० गते दक्षिण कोरियाबाट आएको खुलेको छ। तर ती पुरुषमा कोरोनाक लक्षण नदेखिएको अस्पतालले जनाएको छ। पोजेटिभ देखाएपछि थप परीक्षणका लागि थ्रोट स्वाब भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशाला पठाइएको खड्काले बताए।

प्रकाशित मिति : April 15, 2020 at 4:11 pm