२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

पोखराकी ५५ वर्षीया महिलाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ, स्वाब परीक्षणका लागि पठाइयाे

३ वैशाख, पोखरा । पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतकाे नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो।

पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

प्रकाशित मिति : April 15, 2020 at 3:54 pm