२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

भारतमा रहेका नेपालीलाई लकडाउन अवधिभर यथास्थानमै रहन दूतावासकाे आग्रह

३ वैशाख, काठमाडाैँ । भारतमा रहेका नेपालीलाई लकडाउन अवधिभर यथास्थानमै रहन दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ।दूतावासले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भारत सरकारले कोरोनाको संक्रमण रोकथाम तथा नियनत्रणका लागि मे ३ सम्म लकडाउन अवधि बढाएको भन्दै सो अवधिसम्म सरकार, राज्यसरकार र स्थानीय तहबाट जारी भएको सूचना तथा आदेशको पूर्ण पालन गरी यथास्थानमै रहन नेपालीहरुलाई आग्रह गरेको हो।

आपतकालिन समस्या परेमा दूतावासले दिएको आपतकालीन नम्बर ८९२९६०१९२५ मा सम्पर्क गर्न र अन्य विषयमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म ०११२३४७६२०० र २३२७३६१ नम्बरमा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति : April 15, 2020 at 3:18 pm