२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

३ बैशाख, काठमाडौँ । नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । घिमिरे पर्यटन सचिव हुँदा निगमको संचालक समितिको अध्यक्ष थिए। योगेश भट्टराई पर्यटन मन्त्री भएर आएपछि घिमिरेकै नेतृत्वमा साउनमा ५ सदस्यीय निगम सुधारका लागि कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो।

घिमिरे अघि निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरिइकाे थियाे । उनले ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिएका थिए ।

प्रकाशित मिति : April 15, 2020 at 10:57 am