२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

बिद्युत आपुर्ति अबरुद्द भएको सम्बन्धमा प्राधिकारणका प्रवक्ता अधिकारीले दिएको ६ प्रश्नको जवाफ

३ वैशाख, काठमाडाैँ । नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले काठमाडौको कुलेश्वर बितरण केन्द्र अन्तर्गतका केहि एरियामा प्राबिधिक समस्या आइ बिद्युत आपुर्ती अबरुद्द भैरहेको सम्बन्धमा ६ प्रश्नको जवाफ दिँदै काम भैरहेको जानकारी दिएका छन । प्रवक्ता अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत यसरी जवाफ दिएका छन ।

टेक्निकल नोट:

काठमाडौको कुलेश्वर बितरण केन्द्र अन्तर्गतका केहि एरियामा प्राबिधिक समस्या आइ बिद्युत आपुर्ती अबरुद्द भैरहेको जानकारी आएको छ ।

१. हिजो कती बजे बाट सप्लाई मा समस्या आएको थियो:
बिहान ५: ५० बजे देखी ।

२ . कसरी समस्या आयो ?
डल्लु साइडमा ट्रान्स्फर्मर माथी ट्यापिङ प्वाइन्टमा काग परेको र तीन ठाउनमा जम्पर तार चुंडिन गएको ।

३. समाधानकालागी के कस्ता प्रयास भए हिजो ?
लाईन तथा डिस्क, पिना इन्सुलेटर मेगर गर्दै ,सेक्सन छुट्याउँदै स्वस्थ्य लाईन भएको एरिया मा बिद्युत सप्लाई दिने काम भयो ।११ केभी टेकु_ताहचल फिडर कालिमाटी हुँदै टंकेश्वर सम्मा हिजो नैं सप्लाई चालु भयो ।

४. अझै कुन कुन एरिया मा बिद्युत सप्लाई सुचारु गर्न बाँकी छ ?
ताहचल एरियका केहि स्थान लगायत डल्लु एरियामा ६ वटा ट्रन्सफर्मरा र चमती एरियामा ४ वटा ट्रान्सफर्मर गरी जम्मा १० वटा ट्रान्सफर्मर चालु हुन बाँकी रहेको हुँदा सो अन्तर्गत पर्ने करिब १००० ग्राहक यसबाट प्रभावित बनेका छन ।

५. अहिले के काम हुँदैछ ?
आज बिहानैदेखी प्राबिधिक कर्मचारीहरु फिल्डमा खटिइ सक्नु भएको छ । जम्पर छुट्याएर हरेक इन्सुलेटर मेगर गर्दै काम अगाडी बढाइएको छ । जती चाँडो त्यसबाट फल्ट पत्ता लाग्छ, त्यती चांडो बिद्युत सुचारु हुनेछ ।

६. बढिमा कती समय लाग्ला ?
समस्या कहाँनेर रहेछ सो पहिचान भयो भने अब खासै समय नलाग्ला । वर्स्ट केस मा ३_४ घण्टासम्म लाग्न सक्छ ।

सकेसम्म चांडो बिद्युत सप्लाई सुचारु गर्न इमान्दारिताका साथ प्र यास भैरहेको छ । यसबाट संबन्धित ग्राहक हरुमा पर्नगएको असुबिधाप्रती प्राधिकरण क्षमाप्रार्थी छ ।

– प्रबक्ता, नेपाल बिद्युत प्राधिकरण

प्रकाशित मिति : April 15, 2020 at 8:54 am