२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नहरमा डुवेर ८ वर्षीय बालकको मृत्यु

२ वैशाख, इनरुवा । सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङग रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एवीआइ इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ बर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


आमासँगै नहरमा नुहाउनका लागि गएका बेला अचानक पानीमा डुवेर गम्भीर घाईते भएकोमा ती बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा सोमबार मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 14, 2020 at 5:14 pm