२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सनसिटी अपार्टमेन्टमा बस्ने सबैकाे कोरोना परीक्षण गरिँदै

२ वैशाख, काठमाडौँ । पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने सबै जनाकाे कोरोना परीक्षण हुने भएको छ । गत चैत ५ गते बेलायतको लण्डनबाट आएर सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण गर्न लागिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

उक्त अपार्टमेन्टमा बस्ने करिब ५ सय परिवारका २ हजार व्यक्तिको कोरोना परीक्षण मंगलबारबाट नै शुरु भइसकेको जनाएको छ । कोरोना संक्रमण देखिएका २ जना एकै परिवारका व्यक्ति हुन् । बेलायतबाट आएका उनीहरुकाे आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटी गर्ने क्रममा तीनै जनामा कोरोना संक्रमणेको संकेत जनाउने एन्टीबडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । पाटन अस्पतालमा भर्ना गरिएपछि उनीहरुको पीसीआर विधिवाट परीक्षण गर्न नमूना लिइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

पोजेटिभ देखिनेमा ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष छन् । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण देखिएकाहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ शुरु गरिएको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : April 14, 2020 at 2:37 pm