२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

काठमाडाैँकाे नेपालटारमा पानी बोक्ने ट्यांकरको ठक्करबाट १ जनाको मृत्यु

२ बैशाख,  काठमाडौं ।काठमाडाैँकाे नेपालटारमा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भइ हाल नेपालटारमै बस्दै आएका विष्णु प्रसाद चौलागाई रहेको प्रहरीले जनाएको छ । नेपाटारमा रहेकाे युरिका बाेर्डिङ स्कुलमा सुरक्षा गार्डकाे काम गर्ने उनलाई मंगलबार बिहान ग्यास लिन नजिकैको डिलरमा जाँदा बा २ ख ५२७५ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।

फाइल तस्वीर

घाइते उनलाई तत्काल सामाखुसीस्थित ग्रिनसीटी अस्पताल पुर्याइएपनि चिकित्सकले केहीबेरमै मृत घोषित गरेका थिए । चाैलागाईका श्रीमति ३ छाेरी र १ छाेरा रहेका छन् ।  अहिले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रकाशित मिति : April 14, 2020 at 2:04 pm