२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

डब्लुएचओले भन्याेः भ्याक्सिनविना कोरोना रोक्न सकिँदैन

२ बैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसकाे  संक्रमण राेक्न भ्याक्सिनबाट मात्र सम्भव रहेकाे बताएकाे छ। भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको भनाइ छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिनुभएकाे छ ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको  बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ । तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन ।

प्रकाशित मिति : April 14, 2020 at 12:09 pm