२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कोरोना नियन्त्रण तथा उपचार कोषमा नेकपा प्रदेशसभा सदस्यद्वारा साढे आठ लाख सहयोग

१ वैशाख, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइसरको जोखिम, नियन्त्रण उपचार तथा व्यवस्थापन कोष’ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यका तर्फबाट रु. आठ लाख ४९ हजार ७५० हस्तान्तरण गरिएको छ ।


सो प्रदेशका नेकपा प्रमुख सचेतक तारा लामा तामाङले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आइतबार सो रकम हस्तान्तरण गर्नुभएको हो । प्रदेशसभामा रहेको नेकपामा ३० सदस्यले १५ दिनको पारिश्रमिक सहयोग गर्नुभएको हो । प्रदेशसभामा नेकपाका ३९ दस्य रहेकामा मुख्यमन्त्री र मन्त्रीले एक महिनाको पारिश्रमिक यसअघि जम्मा गरिसक्नुभएको छ ।

प्रकाशित मिति : April 13, 2020 at 8:34 am