कानून आयोगका पदाधिकारीले पन्ध्र दिनको तलब कोरोना सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने
३० चैत, काठमाडौँ । नेपाल कानून आयोगका अध्यक्ष र उपाध्यक्षले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्ध्र दिन बराबरको तलब दिने भएका छन् । आयोगका अध्यक्ष माधव पौडेलले रासससँग कुरा गर्दै विश्वभरि नै फैलिएको कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बनाएको कोषमा १५ दिन बारबरको तलब दिने निर्णय गरेको बताउनुभयो ।

अन्य कर्मचारीको हकमा भने मुख्य सचिवको अध्यक्षमा सम्पन्न भएको बैठकबाट निर्णय भए बमोजिम रकम कट्टा गरी सम्बन्धित कोषमा दालिल गर्ने आयोग आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : April 12, 2020 at 4:42 pm





