२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

धनगढीमा लकडाउन उलंघन गर्दै पत्रकार कुट्न कांग्रेस नेताको जुलुश, स्थानीयले गरे प्रतिकार

३० चैत, कैलाली । लकडाउन उलंघन गर्दै पत्रकार कुट्न नेपाली कांग्रेस नेता समेत रहेका धनगढी उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले जुलुश नै निकाले छन । समाचारको विषयलाइ लिएर उनी जुलुशसहित पत्रकार कुट्न रेडियोको कार्यालयमा पुगेपनि स्थानीयले प्रतिकार गर्न खोजेपछि रोकिएका छन । धनगढीखबरले नेता मुडभरीको समुहले सुरूमा रेडियो धनगढीको कार्यालय घेराउ थियो ।

रेडियोको कार्यालय घेरेर रेडियोको प्रस्तोतालाइ बाहिर निकालेर कुट्ने योजनासहित पुगेपनि लगत्तै स्थानीयले प्रतिरोध गर्ने चेतावनी दिएर सडकमा निस्किएपछि उनीहरू पछि हटेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । राहत वितरणमा अनियमितता भएको समाचार रेडियो प्रशारण भएपछि उनी ६ जनाको समूह बोकेर कार्यालयमा पुगेका थिए ।

रेडियोमा बिहान तातो बहस कार्यक्रम प्रत्यक्ष प्रशारण भैरहेकै बजिरहेका बेला उनले आफु सहित अन्य ६ जनाको समुह ल्याएर रेडियो धनगढीको कार्यालय घेराउ गरेका हुन । उनीहरूले तातो बहसका प्रस्तोता नवराज धानुक माथि स्टुडियो मै पुगेर आक्रमण गर्न खोजेका थिए । मुडभरीको आक्रमण रोक्न वडा नम्बर ३ का नागरिकहरुले महत्वपूर्ण सहयोग गरेका थिए ।

स्थानीयले वडा अध्यक्षले नै लकडाउनको तोडेको भन्दै असन्तुष्टि जनाए । उनीहरूले मुडभरीलाइ कारबाही गर्न माग गरेका छन । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश विक्रम शाहले पनि पत्रकार माथि आक्रमणको प्रयाश गर्ने मुडभरीसहितलाइ कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । उनले सामाजिक सञ्जालमा पनि दोषीलाइ कारबाही गर्न माग गरेका छन ।

प्रकाशित मिति : April 12, 2020 at 2:50 pm