नेपाल प्रहरीका १० एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
२९ चैत, काठमाडाैँ । नेपाल प्रहरीका १० एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले डीआइजीका १० रिक्तमा पदमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रसिंह धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआइजी बढुवाका लागि सिफारिस गरेको हो । 
प्रकाशित मिति : April 11, 2020 at 9:00 am





