२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

डेढ महिना देखि हराइरहेका थमुराम मृतावस्थामा फेला

२७ चैत, झिमरुक । प्युठानको स्वर्गद्वारी नगरपालिका—७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् । स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

फाइल तस्वीर

झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज मृतावस्थामा फेला परेको उहाँको भनाइ छ । कालाथोकीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : April 9, 2020 at 3:32 pm