काेराेना अस्पतालमा मृत्यु भएका बाबुरामको शव बुझ्न परिवार तयार,यस्ताे बन्याे सहमति
२६ चैत, काठमाडौं । कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव ११ दिनपछि उठ्ने भएको हाे । उपचारमा चिकित्सकले लापरबाही गरेकाे भन्दै परिवारले थापाको शव बुझ्न मानेका थिएनन् । थापाका परिवारले उचित क्षतिपूर्तिसहित उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको समेत माग गरेका थिए ।

बुधबार प्रदेश ५ को स।माजिक विकास मन्त्रालयमा बसेको बैठकबाट परिवारका सदस्यको माग सम्बोधन गर्ने सहमति जुटेसँगै थापाकाे शव उठाउन परिवार राजी भएका हुन् । आधारभूत राहत कोष बनाउने सहमति भएको छ जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ । ५ लाख ५ हजारको कोषमा थप आर्थिक सहयोग जुटाइने सहमति भएको छ । त्यसैगरी बैठकले बाबुरामका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठन र श्रीमतीलाइ स्थानीय सरकारले रोजगारी दिने निर्णय गरेको छ । चैत्र ६ गते दुबईबाट नेपाल फर्किएका थापाको उपचारको क्रममा चैत १६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
प्रकाशित मिति : April 8, 2020 at 5:23 pm





