२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द

२५ चैत,  काठमाडौं । सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिले अन्तर्राष्ट्रिय उडान वैशाख १८ अर्थात् अप्रिल २० तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय भएको हो।

यसअघि सरकारले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। मंगलबार थप १५ दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो। बैठकले आन्तरिक उडानको विषयमा भने केही निर्णय नगरेको सविच विडारीले बताए।

प्रकाशित मिति : April 7, 2020 at 6:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/