प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै
२५ चैत , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत् हेर्न सकिनेछ ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति : April 7, 2020 at 8:34 am





