१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

२५ चैत ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।


गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहनुभएका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएको थियो । प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा पनि गर्नुभएको छ ।

प्रकाशित मिति : April 7, 2020 at 7:39 am