१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

लकडाउन वैशाख ३ गतेसम्म थपियो

२४ चैत, काठमाडौँ । सरकारले दुई हप्तादेखि जारी रहेकाे लकडाउनलाई  वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।


कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

प्रकाशित मिति : April 6, 2020 at 4:18 pm