१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

मजदूरलाई एनआइसी एशिया बैंकको राहत

२४ चैत, चिप्लेढुङ्गा । लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदूरी गर्ने परिवारलाई एनआइसी एशिया बैंँकले राहत प्रदान गरेको छ । हाल मजदूर परिवार भोकै बस्नुपर्ने अवस्था आएपछि बैंकले कावासोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदूरी गर्ने करीब १५० परिवारलाई स्थानीय सरकारसँगको सहकार्यमा रू दुई लाख ५० हजारको चामल, तेल, नुन, दाललगायत खाद्य सामग्री वितरण गरेर सामाजिक उत्तरदायित्व बहन गरिएको बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिनुभयो ।


खनियाका अनुसार हाल बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई ध्यानमा राखी सातै प्रदेशमा ग्राहक सहायता केन्द्र स्थापना गरेर २४ सै घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरेको छ ।

प्रकाशित मिति : April 6, 2020 at 1:38 pm