१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

लकडाउनको समयअवधि एक साता थप्न सिफारिस

२४ चैत, काठमाडौं । कोरोना भाइरस(काेभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ । लकडाउन बैशाख २ गतेसम्म  लम्ब्याउन सरकारलाई समितिले सिफारिस गरेको हो । काेराेना नियन्त्रणमा लिन सजिलो होस् भनेर समितिको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हाे ।

आज दिउँसो २ बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरिने बताइएको छ । कोरोना संक्रमण फैलन नदिन यसअघि २ साता लामाे लकडाउन गर्ने निर्णय भएको थियो ।

संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन् । सरकारले लकडाउन थप्दै केही कडा बनाउने र सुदूरपश्चिम प्रदेशका लागि विशेष निर्णय गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : April 6, 2020 at 12:32 pm