१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

नोबेल साकोस साहित्य संस्थामा २१ को रक्तदान

२३ चैत, काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराजदूत डा रामभक्त ठाकुरको उपस्थिति र साकोसका अध्यक्ष सरस्वती गौतमको संयोजकत्वमा आज संस्थाकै केन्द्रीय कार्यालय कामपा–२९ घट्टेकुलो (निजी निवास)मा आयोजित उक्त रक्त सङ्कलन कार्यक्रमलाई प्राविधिक रुपमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर तथा ब्लोदान काठमाडौँका सचिव एवं डोर टु डोर रक्त सङ्कलनका संयोजक अनिलरत्न तुलाधरको सहयोग रहेको थियो ।

संस्थाका पदाधिकारी राजनप्रसाद न्यौपाने, रोहित कार्की, सम्राट् न्यौपाने, इन्दिरा भण्डारी, लिजना न्यौपाने र एन्जेलिना न्यौपाने तथा रामेश्वर निरौला र उहाँको परिवारले रक्तदानमा सहयोग गर्नुभएको थियो ।

प्रकाशित मिति : April 5, 2020 at 5:29 pm