१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

खरिपाटी क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

२३ चैत, काठमाडाैँ । खरिपाटी क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेबाट नेपाल आएर भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।

फाइल फाेटाे

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको पुष्टि गरे ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपार्टीस्थित क्वारेन्टाइनमा राखिएको थियो । डाक्टर देवकोटाले आइतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाडाैँ बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भईरहेको जानकारी दिए ।

प्रकाशित मिति : April 5, 2020 at 5:34 pm