१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

२३ चैत, भक्तपुर । चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ ।

फाइल तस्वीर

इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष बच्चाको मृत्यु हुँदै आएकामा यस वर्ष पुरुषको मृत्यु भएको छ । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : April 5, 2020 at 11:10 am