१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

गैँडाकोटमा राष्ट्रिय युवासंघले छर्यो डिसइन्फेक्सन स्प्रे

-गोविन्द घिमिरे

२१ चैत, गैँडाकोट । राष्ट्रिय युवासंघ नेपाल नवलपुर जिल्ला कमिटिले गैँडाकोट नगरपालिकाकाका विभिन्न स्थानमा आज (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्केको छ । नगरपालिकाको वडा नम्बर १ र २ का भीडभाड हुने विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्किएको हो ।

ईलाका प्रहरी कार्यालय गैँडाकोटको परिसरबाट किटनासक औषधी छर्न सुरु गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुर जिल्ला कमिटि नवलपुरका संयोजक कृष्ण कडेलले जानकारी दिए । उक्त कार्यको आज नेपाल कम्युनिष्ट पार्टिका नगर अध्यक्ष षडाानन्द लामिछाने र गैडाकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष हरिप्रसाद सापकोटाले शुभारम्भ गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको युवासंघका संयोजक कडेलले बताए । शुभारम्भ कार्यक्रममा बोल्दै नेकपा नगरकमिटि अध्यक्ष लामिछानेले नगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छर्नुपर्नेमा जोड दिए ।

उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीसँग आग्रह गरेका छन्।त्यस्तै वडा अध्यक्ष सापकोटाले राष्ट्रिय युवासंघले गरेको डिसइन्फेक्सन स्प्रे छर्ने कार्य राम्रो भएको भन्दै संकटको बेला सबै एकजुट भएर काम गर्नुपर्ने बताए ।कार्यक्रममा औषधी व्यवसायी संघ चितवनका सचिव तारा अधिकारी, युवानेताहरु देशबन्धु सिग्देल, रमेश ढकाल , थानेश्वर चालिसे समाजसेवी नेत्र पौडेल, सुजन पौडेल, सन्तोष वाग्ले, डोलराज गुरुङ, नरायण कडेल, गोपाल लामिछाने लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : April 3, 2020 at 8:56 pm