१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय बीमा कम्पनीको २ करोड सहयोग

२१ चैत, काठमाडाैँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधान कार्यालय रामशाहपथमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको सञ्चालक समितिका सदस्य प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

सञ्चालक अधिकारीका अनुसार बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय अर्थात संघीय सरकारको कोषमा एक करोड ६५ लाख र सात वटै प्रदेश सरकारले स्थापना गरेको कोषमा ५ लाखका दरले रकम जम्मा गर्ने निर्यण भएको हो । कोरोनाले विश्वव्यापी रूपमा महामारीको रूप लिँदै गर्दा नेपालमा उच्च सतर्कताका साथ पूर्व तयारीको कामहरू भैरहेका छन ।

नेपालमा कोरोनाले मानवीय क्षति नै नपुर्याए पनि ६ जना कोरोना संक्रमित नागरिक भित्रिएको पाइएको छ । विभिन्न देशबाट चैतको पहिलो साता स्वदेश फर्किएका नागरिकमा कोरोनाको संक्रमण देखिएको छ । पहिलो पटक कोरोनाको संक्रमण भेटिएका धनुषाका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन भने पाँच जनाका देशकै विभिन्न अस्पतालमा उपचार भैरहेको छ । विश्वभर कोरोनाबाट १० लाख भन्दा बढी मानिस संक्रमित भएका छन भने ४७ हजारभन्दा बढीले ज्यान गुमाएका छन ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार ०७:५८