१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

विपद् व्यवस्थापनको अनुदान रकम शुक्रबारदेखि निकासा गरिने

२० चैत, हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले १३ जिल्लामा कोरोना भाइरस नियन्त्रण गर्ने प्रयासका लागि प्रदेश विपद् व्यवस्थापन कार्यसमितिको बैठकले सबै स्थानीय तहलाई विपद् व्यवस्थापनको अनुदान रकम शुक्रबारदेखि निकासा उपलब्ध गराइने बताउनुभएको छ ।

मन्त्री जम्मकट्टेलको अध्यक्षतामा आज प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर स्थानीय निकायलाई पठाउने भनिएको विपद् व्यवस्थापन अनुदानको रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमा आजै उपलब्ध गराइदिन माग गर्ने निर्णय गरिएको थियो । बैठकले प्रदेशका १३ जिल्लामा सङ्घीय सरकारद्वारा घोषणा गरिएको लकडाउन कार्यक्रमलाई दैनिक सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीको मनोबल उच्च पार्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत् क्रमशः रु पाँच लाखका दरले शुक्रबार नै रकम पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्ले केही दिनअघि विपद् व्यवस्थापन कल्याण कोष स्थापना गर्न काठमाडाँै, ललितपुर र भरतपुर महानगरपालिकालाई रु २० लाखका दरले, हेटौँडा उपमहानगरपालिकालाई रु १५ लाख, ४१ नगरपालिकालाई रु १२ लाखका दरले र ७४ गाउँपालिकालाई रु १० लाखका दरले विपद् व्यवस्थापन गर्न अनुदान रकम विपद् व्यवस्थापन सचिवालय हेटौँडाबाट निकासा गरिने भएको छ ।

प्रकाशित मिति : April 2, 2020 at 7:21 pm