कोरोनाको छैटौं संक्रमित बाग्लुङकी ६५ वर्षिया महिला भएकाे खुलासा
२० चैत, काठमाडाैँ । नेपालमा कोरोना भाइरसकाे संक्रमित छैटाैं संक्रमित बाग्लुङकी ६५ वर्षिया महिला रहेकाे खुलासा भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलनले गरी पुष्टि गरेको हो ।
कतार एयरलाइन्सको क्युआर– ६५२ विमानमा दोहाबाट चैत ४ गते काठमाडौं आएकी ती यात्रुमा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनदविन्दु शर्माका अनुसार छैटौं संक्रमित बाग्लुङकी हुन् ।

अहिले छैठौं संक्रमित महिला बाग्लुङमा घरमै छिन् । अब उनलाइ पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गर्ने तयारी भइरहेको छ ।
उक्त विमानमा आएका अन्य २ युवतीमा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक काठमाडौं र अर्की एक बाग्लुङमा उपचाररत छन् । अहिले काेराेना संक्रमित भएकी महिला बागलुङकी संक्रमित युवतीसँगै बागलुङ गएकी थिइन् ।
नेपालमा संक्रमण भेटिएका कुल ६ जनामध्ये १ जना निको भएर फर्किसकेका छन् भने अन्य ५ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : April 2, 2020 at 5:44 pm





