सीमामा रहेका नेपालीलाई भारत सरकारले नै क्वारेन्टाइनमा राख्नुपर्छः अध्यक्ष केसी
१९ चैत, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी सीमामा ठूलो सङ्ख्यामा भारतका विभिन्न स्थानबाट आएका नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य सङ्गठन व्यवस्थाअनुसार कोरोना भाइरसको रोकथामका लागि विदेशी नागरिकलाई सम्बन्धित देशले नै व्यवस्था गर्नुपर्ने स्मरण गराउनुभएको हो ।

“भारत मात्र होइन, संसारका सबै देशमा भएका नेपालीको समुचित व्यवस्था भएको छ कि छैन ? त्यसबारे आवश्यक ध्यान दिनका लागि हामीले सरकारसित अनुरोध गर्दछौँ ।” अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ, “भारतीय सीमाहरुमा रोकिएर बसेका नेपालीको समुचित व्यवस्था र समस्या समाधानका लागि पनि आवश्यक ध्यान दिन हामी सरकारसँग अनुरोध गर्दछौँ ।”
प्रकाशित मिति : April 1, 2020 at 2:50 pm









