११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

भरतपुर महानगरपालिकाद्धारा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन सम्पन्न

१८ चैत, चितवन । कोरोना भाइरस (काभिड –१९)को सम्भावित जोखिम हुन नदिन भरतपुर महानगरपालिकाले आफ्नो महानगरभित्र भारत लगायत अन्य देशमा वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । महानगरका २९ वटै वडामा सो तथ्याङ्क सङकलन गरिएको महानगर प्रमुख रेनु दाहालका स्वकीय सचिब गोपाल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार १५ दिन अघिदेखि महानगरमा आएकाको तथ्याङ्क लिइएको हो ।

उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आगह गरिएको न्यौपानले जानकारी दिनुभयो । यसका लागि महानगरपालिकाको समन्वयमा कोरोना अस्थायी अस्पताल समेत सञ्चालनमा ल्याइएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार सो अवधिमा २६५ जना महानगरलिकाभित्र आएका थिए । ती मध्ये सबै भन्दा धेरै १०५ जना भारतबाट स्वेदेश आएका महानगरको तथ्याङ्कले देखाएको छ ।

भारत पछि दुबई ३४, कतार २४ , अष्ट्रेलिया १४, साउदी अरब ९ जना रहेका छन् । अन्य देशबाट समेत फर्किएका जनाइएको छ । वडा नं २१ मा सबैभन्दा धेरै ३१, वडा न १६ मा २६, वडा न २४ मा १७ जना वडा न ५ मा १४ जना वैदेशिक रोजगारबाट फर्किएका रहेका छन । अन्य वडामा पनि सोही अनुपातमा विदेशबाट नेपाल फर्किएका रहेका छन् ।

प्रकाशित मिति : March 31, 2020 at 2:53 pm