११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नुवाकाेटका समाजसेवी गजुरेलकाे घाेषणाः बिरामी बाेक्न आफ्नै गाडी दिने, १ महिनाकाे घरभाडा नलिने

१८ चैत, काठमाडाैँ । नुवाकोटको बेलकोगढी -३ का निर्माण व्यवसायी तथा समाजसेवी पुर्णप्रसाद गजुरेलले बिरामीका लागि निजी गाडि र घरभाडामा बस्नेका लागि १ महिनाकाे भाडा छुट दिने निर्णय गर्नुभएकाे छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमबाट जाेगाउनका लागि सरकारले लकडाउनको समयावधी थपे गरेपछि अत्यावश्यक सेवा समेत प्रभावित भैरहेकाे समयमा हाल काठमाडौंको डाँडागाउँ बस्नुहुने समाजसेवी गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त सहयोग गर्ने घाेषणा गर्नुभएकाे हाे ।

समाजसेवी गजुरेलले दैनिकीसँग कुरा गर्दै भन्नुभयाे, दुखकाे समयमा थाेरै भएपनि जनताकाे सेवा गर्न पाउनु मेरा लागि ठुलाे कुरा हाे ।  उहाँले नुवाकोटबाट काठमाडौं आइबस्ने सर्वसाधारण बिरामी हुँदा अस्पताल लैजान निशुल्क गाडीको सुबिधा उपलब्ध गराउने जानकारी दिनुभयाे ।

उहाँले चलाउँदै आएको जापानीज टेरिजको बा ८ च १९८२ नंबरको गाडी अप्ठेराेमा परेका सुत्केरी र अन्य विरामीकाे लागि मध्यराति भएपनि गाडी लिएर आफैँ अस्पतालसम्म लैजाने बताउनुभएकाे छ ।

यस्तै गजुरेलले सरकारले घरधनिलाइ १ महिनाकाे घरभाडा नलिन गरेकाे अनुराेध स्वागतयाेग्य रहेकाे भन्दै आफ्नो घरमा डेरामा बस्नेहरुबाट १ महिनाको भाडा नलिने समेत बताउनुभयाे ।

उहाँले विरामी भएर अस्पताल जानुपर्ने भएमा ९८५१०५३२९८ मा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएकाे छ । साथै उहाँले नुवाकोट बेलकोटगढी ३ कुमरीमा रहेको आफ्नाे दुईकोठ सुविधा सम्पन्न घर समेत क्वारेन्टाइनकाे लागि आवश्यक परे स्थानिय सरकारलाई प्रयोग गर्न दिने बताउनुभयाे ।

 

प्रकाशित मिति : March 31, 2020 at 2:19 pm