अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ सम्म लम्बियाे
१६ चैत, काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्म लम्ब्याएको छ । आइतबार दिउँसो उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेकाे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले वैशाख ३ सम्म उडानमा प्रतिबन्ध लगाउन मन्त्रिपरिषद्लाई सुझाव दिने निष्कर्ष निकालेको हो।

यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो। उडान प्रतिबन्ध थपको निर्णय भने केहीबेरमा बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
प्रकाशित मिति : March 29, 2020 at 4:33 pm







