११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कोरोनाबारे जनचेतना बाँड्दै हिँडेका वडाअध्यक्षकाे अपरिचित समुहले दुवै खुट्टा भाँचेर फाले

१६ चैत, जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका-११ का वडाअध्यक्ष चक्रबहादुर सिंहमाथि सांघातिक आक्रमण भएको छ। शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँमा प्रचार गर्दै हिँडिरहेका सिंहमाथि आक्रमण  भएको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए ।

वडाअध्यक्ष सिंहलाई झार्पा पिपल बोटनजिकैबाट अपरिचित व्यक्तिको समूहले वडा कार्यालयतिर जाऊँ भन्दै लगेर कुटपिट गरी मरानसन्‍न बनाएर फालेको नगरप्रमुख महतराले जानकारी दिए । सिंहकाे दुवै खुट्टा भाँचेर जमिनमा छाडिएकाे अवस्थामा भेटिएको अध्यक्ष महताराले बताए। सिंह तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : March 29, 2020 at 12:36 pm