११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

जहाज भाडामा ४२ लाख खाएकाे आराेपपछि मन्त्री भट्टराईले दिए यस्ताे जवाफ

१६ चैत, काठमाडाैँ । पर्यटनमन्त्री याेगेश भट्टराईले वाइडवडी जहाजकाे भाडामा ४२ लाख खाएकाे आराेपकाे खण्डन गरेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा राेकथामका लागि आवश्यक पर्ने अत्यावस्यक सामाग्री चीनबाट खरिद गरी नेपाल ल्याउन राष्ट्रिय ध्वजावाहक विमान चीनतर्फ प्रस्थान गरेपछि सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा मन्त्री भट्टराईले जहाज भाडामा ४२ लाख खाएकाे आराेप लगाए ।

मन्त्री भट्टराईले उक्त आराेपकाे खण्डन गर्दै सामाजिक सञ्जाल फेुबुकमा लेख्छन्, ‘भरत दाहालको फेसबुकमा नेपाल एयरलाईन्सलाई स्वास्थ्य मन्त्रालय मार्फत गरिने भुक्तानीका बारेमा मलाई जोडेर लेखिएको कुरा पुरा पुर झुठ हो । स्वास्थ्य मन्त्रालय मार्फत अर्डर गरिएका स्वास्थ्य सम्बन्धि सामाग्री लिन नेपाल एयरलाईन्सको जहाज आज चिनको ग्वान्जाओ गएको सांचो हो ।

सामाग्री ल्याउन जिम्मा पाएको संस्था/ ब्यक्तीले एयरलाईन्सलाई कार्गो बापत तिर्नु पर्ने रकम आज शनिबार परेकोले जम्मा गर्न नसक्ने भनेको तर COVID 19 का लागि अतिआबश्यक सामाग्रीहरु यथासिघ्र ल्याउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालयको बिश्वसमा पछि स्वास्थ्य मन्त्रालय मार्फत सिधै नेपाल एयरलाईन्सलाई भुक्तानी गर्न पनि सकिने सर्तमा जहाज उडाउन मैले अनुरोध गरेको हुँ ।

मुलुकको अवस्था र आपतकालीन स्थितिलाई बुझेर मैले जे गरे ठिकै गरेको छु । नेपाल एयरलाईन्सले कार्गो बापत प्रचलित मुल्य लिनेहो र त्यो रकम सम्बन्धित संस्थाले तिर्ने हो । मैले कुनै लिखित आदेश गरेको छैन र मुल्य मैले तोक्ने पनि होइन । अड्कल पन्डितहरुलाई यो कुरा राम्ररी जानकारी होस् ।

प्रकाशित मिति : March 29, 2020 at 10:54 am