सुदुरपश्चिम समाज अमेरिकाका महासचिव जी बमलाई कोरोना संक्रमण
१६ चैत, काठमाडाैँ । सुदुरपश्चिम समाज अमेरिकाका महासचिव जी बमलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । न्युयोर्कमा बमलाई कोरोना संक्रमण भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आन्नद बिष्टले पुष्टि गरेका छन् । विष्टले जी बमको सहमतिमा फेसबुकमा स्टाटस लेखेको भन्दै कोरोना संक्रमणको जानकारी दिएका हुन ।

बिष्टले फेसबुकमा लेखेका छन्,“उहाॅकैसुझाब अनुसार यो खबर सार्वजनिक गरिरहेको छु ! उहाँको सोचको म सलाम गर्छु ! आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउनसहजहोस भन्ने उहाँको मनसाय भएको कुरा पनि सबैलाई जानकारी गराउद छु ! रोग नलुकाएर जीवनजीले अरुलाई सतर्कता अपनाउनठुलो योगदान गर्नु भयको छ ! उहाँको परिबार सकुसल रहेको र उहाँ को स्वास्थमा सुधार भई रहेको समेत जानकारी गराउदॅछु ।”
विष्टका अनुसार जी बमको अहिले माउन्ट सेन्नैइ हस्पिटल लङआल्यान्डमा उपचार भईरहेको छ । विष्टले कोरोनाको संक्रमण नलुकाउन अनुरोध गर्दै अाफूसँगै अरूलाइ बाँच्न दिनुपर्ने बताएका छन ।
प्रकाशित मिति : March 29, 2020 at 7:48 am









