११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

अमेरिकाले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई १८ लाख डलर सहयोग गर्ने

१५ चैत, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको संक्रमण रोक्न नेपाललाई नेपाललाई करिब १८ लाख डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाले शनिबार ६४ देशलाई १ सय ७४ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको हो। भाइरसबाट अति जोखिममा रहेका राष्ट्रहरुलाई युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेश्नल डेभलप्मेन्ट (युएसएआइडी) बाट सहयोग रकम प्राप्त हुनेछ ।


डिपार्टमेन्टले भाइरसको आउटब्रेकसँग जुध्न दक्षिण एसियाली राष्ट्रहरुलाई १ मिलियन अमेरिकी डलर सहयोग समेत गर्नेछ । जसअन्तर्गत नेपालले १८ लाख अमेरिकी डलर सहयोग पाउने भएको हो । सहयोग अन्तर्गत भारतले २९ लाख, बंगलादेशले ३४ लाख, श्रीलंकाले १३ लाख र अफगानिस्तानले ५० लाख अमेरिकी डलर पाउनेछन् ।

प्रकाशित मिति : March 28, 2020 at 10:41 pm