नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामग्री लिन चीन प्रस्थान
१५ चैत, काठमाडौँ । कोरोना परीक्षणका लागि आवश्यक सामग्री लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन प्रस्थान गरेको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सको वाइडबडी जहाज दिँउसो १२:३० मा चीनको ग्वान्जाओका लागि प्रस्थान गरेको हो।

परराष्ट्र मन्त्रालयको सहयोगमा भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाओ प्रस्थान गरेको हाे ।
उक्त जहाजमा कोरोना परीक्षणका लागि आवश्यक मेकिडल सामान ल्याइने छ। जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने छ । विमानमा चालक दलका सदस्य मात्र छन्।
प्रकाशित मिति : March 28, 2020 at 1:42 pm









