११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कोरोना रोकथाम कोषमा निजामति कर्मचारी संगठनको पाँच लाख

१५ चैत, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख जम्मा गर्ने निर्णय गरेको छ । संगठनले एक विज्ञप्ति निकाली विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका विरुद्ध प्रतिरोध गर्न नेपाल सरकारले खडा गरेको कोषमा संगठनका तर्फबाट पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको उल्लेख छ ।

संगठनले सो विज्ञप्ति मार्फत उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने पीपीइको पनि ब्यबस्था गरेर मात्र कार्यस्थलमा खटाउन माग गरेको छ । त्यसका साथै जनचेतनामूलक कार्यमा लाग्न सरकारले आह्वान गरेमा संगठनका सदस्यहरू तत्पर रहेको पनि जनाएको छ ।

सरकारले गरेको यो लकडाउन मेरो लागि हो भन्ने सम्झी जीवनप्रति खेलबाड नगरी पालना गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारी यथा जनसमूदायहरूमा हार्दिक अपिल समेत संगठनले गरेको छ ।

प्रकाशित मिति : March 28, 2020 at 1:14 pm