सशस्त्र प्रहरीको सक्रियतामा मेडिकल, ग्यास र तरकारी पसलमा लाग्ने लाममा दूरी कायम (फोटोफिचर)
१५ चैत, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको सक्रियतामा मेडिकल, ग्यास र तरकारी पसलमा लाग्ने लाममा दूरी कायम गर्न रेखांकन गरिएको छ । एक मिटरको दूरी कायमम गराउनका लागि बढी भिड हुने ठाउँमा रेखांकन गरिएको हो । कञ्चनपुरको महेन्द्रनगर बजारको मेडिकल र ग्यास पसल तथा तरकारीको मेला लाग्ने सब्जीमण्डीमा भिड नियन्त्रण नहुने भएपछि प्रहरीले खुला मन्चमा साग तरकारी, फलफूल बिक्री बितरण हुनेठाउँमा रेखांकन गरेर नागरिकको निगरानी गरेको छ । प्रहरीले रातभर काम गरेर यस्तो अवस्था सिर्जना गरेको भन्दै नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष लक्ष्मण तिवारीले प्रशंशा गरेका छन । तस्बीरहरूः लक्ष्मण तिवारीको फेसबुकबाट

प्रकाशित मिति : March 28, 2020 at 8:14 am









