११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

चौँथो कोरोना संक्रमित युवा पनि दुबइबाटै आएका थिए, अस्पताल पुर्याउनेको खोजी हुँदै

१४ चैत, काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको पाइएका धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षका युवा पनि दुबइबाटै काठमाडाैँ अाएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रिमत युवा दुबइबाट अाएको पुष्टि भएको बताएका छन ।

यस्तै अस्पतालले कोरोना पोजिटिभ देखिएपछि अस्पताल ल्याउने व्यक्तिको पनि खोजी सुरु गरेको छ । ती युवकलाई चैत ११ गते सेती प्रादेशिक अस्पताल ल्याएर भर्ना गरेका व्यक्तिको प्रहरीले खोजी थालेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पताल सम्म पुगाउनेको खोजी सुरु गरिएको जानकारी दिए।

प्रकाशित मिति : March 27, 2020 at 8:36 pm